अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २२ गते।
राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरकारले यदुलाल खरेललाई नियुक्त गरेको छ।
यदुलाल खरेललाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।
उनी यसअघि विभागमै प्रशासन विभाग प्रमुख थिए।
अहिले विभाग प्रमुख रहेका गणेश अधिकारीको कार्यकाल सकिन २ दिनमात्र बाँकी छँदा सरकारले विभाग प्रमुखमा खरेललाई नियुक्त गरेको हो।