आज थपिए ५ सय ४० जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २६ हजार ९२५ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २२ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ सय ४० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २६ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *