अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस २२ गते।
स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।
धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा मोटरसाइकल टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।