राजु डुंगेलको नेतृत्वमा गभर्नर अधिकारीले गरे ‘बैंकिङशिक्षा’ अभियानको शुभारम्भ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २२ गते।  

दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूलनारा का साथ ‘बैंकिङशिक्षा’अभियानको शुभारम्भ गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीले अभियानको उद्घाटन गरेका हुन्।

हिमालय टेलिभिजन एचडीर अनलाइनखबरको संयुक्त  प्रस्तुतिमा शुरु भएको यस अभियानमा बैंक के हो र बैंकबाट के कस्ता सुविधाहरु, कसरी पाइन्छ  र वित्तिय व्यवस्था, वित्तिय प्रणाली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान सर्वसाधारणलाई बुझाउने कार्यक्रमहरु सञ्चालन, प्रकाशन तथा प्रशारण हुने बताइएको छ।कार्यक्रममा ‘बैंकिङ्ग वित्तिय व्यवस्था, वित्तियप्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान शिक्षा अभियानका संयोजक राजु ढुंगेलले हिमालय टेलिभिजनमार्फत प्रस्तुत हुने कार्यक्रमको मोडल पनि सार्वजनिकगरे। बैंकिङ्ग शिक्षा कार्यक्रम अन्तर्गत साताको एकदिन वित्तीय साक्षरता सम्बन्धी गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृंखला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम चलाइने उनले बताए।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै एकिन गर्नन सकिने बताए। उनले भने, ‘बैंक खाता जनसंख्याभन्दा धेरै भएपनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन। वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्यक्षेत्रको विषयमा जस्तो सामाजिकसञ्जालमा खोजेर भेटिँदैन। वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौतीछ।

सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान शुरु हुनु खुसीको कुरा हो।’गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग  पहुँचमा आएकालाई बुझाउनु पर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ।’यस्तै राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋणतिर्न ऋणलिनु पर्ने बाध्यता रहेको बताइन्।पैसाको सदुपयोग गर्ननजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन्।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्गशिक्षा’कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ–गाउँमा बैंकिङ्ग बारे बुझाउन भूमिका खेल्ने बताए।वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफै लेर बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ  उपयोगी हुने बताए।डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए।अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए। लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिलासदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए। सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैकालागि खुसीको विषय भएको बताए।

साथै कार्यक्रममा बोल्दै स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लै जानुपर्ने बताए। रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्रटण्डनले विदेशबाट आएको रेमिटान्स मात्रै समेत सही सदुपयोग हुननसकेको बताए।रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल वित्तकम्पनी संघका अध्यक्ष सरोज काजी तुलाधरले फाइनान्सकम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’लेख्न दिन माग गरे।

साथै सेलिब्रटी बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए।समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए।ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो।

यस्तै कार्यक्रममा बोल्दै सञ्चार विद्धचेतन अधिकारीले सामान्य भन्दा पनि सामान्य बैंकिङ्ग प्रोडक्टहरु जस्तै मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, एटीएमको प्रयोग, थुप्रै प्रकारका बचतहरु र त्यसबाट पाइने ब्याज लगायतका विषयहरुमा पनि आवश्यक ज्ञान सानैबाट सिकाइनु पर्नेमा जोड दिए।उनले भने, ‘केवाइसी के हो र योगर्यो भनेके हुन्छ  र एलसी भनेको केहो र बैंकबाट कर्जा लिँदा आवश्यक पर्ने कागजात र यसको प्रक्रिया कस्तो हुन्छ र भन्ने जस्ता सामान्य भन्दा पनि सामान्य बैंकिङ्ग सेवाहरुका विषयमा सामाजमा जानकारी दिनु अत्यन्तै जरुरी छ। त्यसैले वित्तिय साक्षरता जस्तो विषय गाउँदेखि शहरसम्म उठाउनु आवश्यक छ जस्तो हामीलाई लागेको छ।’

यस्तै कार्यक्रमको अन्तमा बोल्दै अनलाइनखबर डिजिटल अनलाइनपोर्टलका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले आजको डिजिटल ट्रान्सफर्मेसनको युगमा वित्तिय ज्ञान अत्यन्तै आवश्यक रहेको बताए। उनले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा नै अगाडी बढाउने र यसले हरेक नागरिकमा वित्तिय ज्ञान र सचेतनाको विकास गर्ने विश्वास लिएको बताए।

हिमालय टिभी एचडीका कार्यकारी निर्देशक श्यामकँडेलले यस कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समेत लिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *