अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २६ गते।
कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्मका लागि विद्यालय बन्दको निर्णय गरेको हो ।
कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा रहेकाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको उनले बताइन् ।
प्रवक्ता अधिकारीका अनुसार प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ ।