आज थपिए ११६७ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख ३० हजार ४ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २५ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ११६७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख ३० हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *