कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने सीसीएमसीको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २५ गते।  

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका बिषयमा छलफल तीव्र पारेको पारेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका बिषयमा छलफल भएको हो । बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ । कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ ।

नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढ्पछि यसको रोकथामको चूनौति बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *