भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २५ गते।  

भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु भएको छ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबारदेखि पूर्ण लकडाउन सुरु भएको हो।

लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छलकडाउनसँगै सहरका मुख्य चोक र गल्लीहरुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटाइएको बताइएको छ।

लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ। त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *