प्रिमियर इन्स्योरेन्सको लाभांश पारिमार्जन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २९ गते।  

प्रिमियर इन्स्योरेन्सले प्रस्तावित लाभांश पारिमार्जन गरेको छ । प्रिमियर इन्स्योरेन्सले बीमा समितिको निर्देशन मान्दै यसअघि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको हो ।

पारिमार्जित लाभांश अनुसार कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले यसअघि प्रस्ताव गरेकोमा बोनसदर करिब दोब्बरले बढाएर र नगद लाभांशदर घटाएर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यसअघि सेयरधनीलाई बोनस र नगद लाभांश बराबर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले नगद लाभांश वितरणमा रोक लगाएपछि इन्स्योरेन्सले लाभांशमा फेरबदल गरेको हो ।

यससँगै समितिले स्वीकृति दिएको परिमार्जित लाभांशलाई इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने निश्चित हुन्छ ।

माघ ४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *