अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ८ गते।
आज पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख १६ हजार ८४५ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।