अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ ९ गते।
अफगानिस्तानको हेरात प्रान्तमा एक मिनी बसमा बम बिस्फोट हुँदा सात जनाको मृत्यु भएको छ। घटनामा नौ जना घाइते भएका छन् ।
अधिकारीहरुले इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको अनुमान गरेका छन्।
बिस्फोटमा परेर चार महिलासहित सात जनाको मृत्यु भएको हो। घटनाको जिम्मा कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएको छ।
हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।