जिल्ला प्रशासन कार्यालय पाल्पा द्धारा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ९ गते। 

कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ।

अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्र बाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ।

सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *