विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रौतहटको चेतावनी

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, माघ ११ गते। 

विद्यालय नखोल्न जिल्ला प्रशासन कार्यालय रौतहटले चेतावनी दिएको छ ।

शैक्षिक संस्थाहरुले कोभिड–१९ को संक्रमण बढ्न नदिन नेपाल सरकार पुष ३० को निर्णयअनुसार माघ १५ गतेसम्म कुनै प्रकारको शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न भनेपनि जिल्लाका केही विद्यालयहरुले शैक्षिक कृयाकलाप संचालन गरेको पाइएकोले सो बन्द गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीद्धारा हस्ताक्षरित सुचनामा नेपाल सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनी आदेश जारी भएकोमा सम्बन्धित सरोकारवालाहरु आदेशको पालना नगरेको भनी गुनासो प्राप्त हुन आएकोले भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न-नगराउन सम्बन्धित सरोकारवालाहरुलाई जानकारीको गराइएको छ । सो सुचनामामा नेपाल सरकार र जिल्ला प्रशासनको शैक्षिक संस्थाहरु बन्द गर्ने आदेशको पालना नगरेको पाइएमा कानून बमोजिम कारवाही हुने कडा चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *