अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, माघ ११ गते।
बारामा विवाहको रथले किच्दा दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
रथ अचानक तीव्र गतिमा कुदेपछि रथ अगाडि रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयारी अवस्थामा रहेको वैवाहिक रथ अचानक अनियन्त्रित भएपछि रथ अगाडि रहेका दर्जनौँ व्यक्तिहरुलाई किचेको उनको भनाइ छ । घाइते १२ जनामध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको बारा प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार कलैया अस्पतालमा भइरहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।