अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ११ गते।
आज पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।