अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १७ गते।
कोरोना महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा आगामी फागुनमा हुने भएको छ।
आज बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।
‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने ।