अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १९ गते।
आज पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् । हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।