लागुऔषधसहित एक जना युवक पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,फाल्गुन ४ गते। 

लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।

पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ स्थित रहेको रंगपुरटाडी प्रहरी चौकीले नौ किलो ३ सय ग्राम लागु औषध अफिम सहित युवकलाई निन्त्रणमा लिएको हो ।
मंगलवार विहान करिव ९ बजेको समयमा पर्साको मनवा तर्फबाट रंगपुरटाडी तर्फ जादै गरेको प्रदेश नम्बर २-०३-००७ प ६९९० नम्बरको पल्सर मोटर साईकललाई रंगपुरटाडी प्रहरी चौकीले चेकजाचको क्रममा एक युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जनाएकाछन ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउपालिका पञ्जनी भञ्ज्याङ निवासी सुरज मोक्तान रहेको छन । पक्राउ परेका मोक्तान मोटरसाईकलमा अफिम बोकेर पछाडी सवार थिए । प्रहरीले मोक्तानलाई चेकजाच गर्ने क्रममा मोटरसाईकल चालक रंगपुरटाडी प्रहरी चौकीका प्रहरी संग लछार पछार गरी फरार भएको स्थानियले बताएका छन ।
फरार चालकको पहिचान भै सकेको र अफिम सहित प्रहरीले नियन्त्रणमा लिएको मोक्तान र मोटर साईकललाई जिल्ला प्रहरी कार्यालयमा राखी लागु औषध सम्बन्धी मुदा चलाउने त्यारी भै रहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *