बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ४ गते। 

भारतका चर्चित संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे । स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए ।

साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो ।

बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।

बप्पी लहरीका आमा–बुवा अपरेश लहरी र बंसारी लहरी चर्चित बांग्ला गायक र शास्त्रीय सङ्गीतकार थिए ।

उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो ।

उनको निधनप्रति बलिउडका विभिन्न कलाकर्मीले दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *