आज थपिए ४ सय ७६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १४ हजार ७२१ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १० गते।

आज पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४  हजार ७२१ पुगेको छ ।

नेपालमा हालसम्म ९ लाख ५३ हजार ४ सय ३० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *