अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १० गते।
बिभिन्न पार्टी परित्याग ५१ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन।
आज जनकपुरधाम वार्ड नम्बर १२ कुवामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी सदस्यता वितरण कार्यक्रमको अन्तर्गत बिभिन्न पार्टी परित्याग गरि ५१ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन। साथै सम्पुर्णमा सदस्यता वितरण समेत गरिएको छ।

जसमा पार्टीका नगर अध्यक्ष सोमेन्द्र ठाकुर,जिल्ला सदस्य मुन्नु झा ,सुरज राउत,कौशल मिश्र लगायत पार्टीका नेताहरुको समेत उपस्थिति थियो।
नगर सचिव नविन झाले सम्पुर्ण नवप्रवेशि हरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।