चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ११ गते।

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको हो।

हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी)का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए ।

साथै उने थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *