परराष्ट्र मन्त्रालयद्धारा युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ११ गते।

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।

रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न पनि नेपाली नागरिकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *