अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १६ गते।
चर्को विरोधका बाबजुद अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पारित गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।
सभामुख अग्नि सापकोटाले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्दै मौखिक रुपमा पारित गरिएको हो । सभामुख सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा हुनेलाई मौखिक रुपमा भन्न लगाएका थिए ।
एमसीसी पारित भएको घोषणा गर्दै सभामुखले फागुन १८ गतेसम्मका लागि संसद बैठक स्थगित भएको जनाएका छन् ।