चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १५ गते। 

चोरीको मोटरसाइकलसहित दुई जना सर्लाहीमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका १९ वर्षीय बिनोद महत्तो र १८ वर्षीय अनिल कुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिबार मध्यराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *