अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १५ गते।
अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार उनलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।