अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १५ गते।
आज पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।