अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १४ गते।
आज पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा ३१९ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ भने कसैको पनि मृत्यु भएको छैन ।