अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।
सर्लाहीमा गोली लागेर एक युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा अन्दाजी ३५ वर्षीय इन्दल महतो मृत्यु भएको हो ।
गोली लागि घाइते भएका महतोलाई मलंगवास्थित अस्पतालमा उपचारको लागि लगिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताए।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका व्यक्ति भने गोलि प्रहार गरेर भारततर्फ नै भागेका छन्। फरार व्यक्तिको खोजि भइरहेको सर्लाही प्रहरीले जनाएको छ।