पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई लागि आगामी असार १५ देखि सरकारले कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ ।

कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिका छन् । उनीहरूलाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप निःशुल्क आउने छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

१२ वर्षमाथिका व्यक्तिहरूलाई ०.३ एमएलका दरले खोप लगाए पनि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई ०.२ एमएलका दरले खोप दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *