अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,जेठ १५ गते।
आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदै छ ।
अब उपाधिका लागि राजस्थान गुजरात टाइटन्ससँग भिड्नेछ।
खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।
पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।