सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ५ गते।

सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्।

शनिबार काठमाडौँ आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन्।

उनलाई ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठले ‘क्राउन’ पहिराइदिएकी थिइन् ।

त्यस्तै ‘मिस नेपाल अर्थ’ को उपाधि भने संखुवासभाकी २५ वर्षीया सरिशा श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि प्रतियोगी विराटनगरकी २४ वर्षिया न्यान्सी खड्काले जितेका छन् । मिस कन्फिडेन्टको उपाधि पनि मिस नेपाल अर्थ श्रेष्ठले नै जितिन् भने ‘मिस पपुलर चोइस’ उपाधि खड्काले हात पारिन् । ‘मिस नेपाल सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता दिइएको छैन ।

त्यस्तै सहउपाधितर्फ ‘मिस ब्युटी विथ पर्पज’ प्रतियोगी स्मारिका शर्मा, रोज कँडेल ‘डाबर अमला मिस ब्युटीफुल हेयर’ र द काठमाडौं पोस्ट ‘मिस इन्टलेक्च्युअल’, ‘फार्मेसी फेस अफ २२’ गंगा गुरुङ, ‘मिस फोटोजेनिक’ ममता ढकाल र ‘मिस ग्ल्यामर’ सोफिया श्रेष्ठ घोषित भइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *