बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ५ गते।

पाँचदेखि ११ वर्षका बालबालिकाका लागि २२ लाख डोज कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत् अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा उक्त परिमाणमा खोप नेपाल आइपुगेको हो । अहिले उक्त खोपको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । साथै, आइतबार साँझसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाले जनाएको छ ।

३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लगाइकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ ।

यसका साथै दोस्रो चरणमा ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन गरिने र भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने जानकारी गराइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *