आज देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १६ गते।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढेर दैनिक जनजीवन तथा यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *