अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार १६ गते।
भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले पदबाट राजीनामा दिएका छन् ।
भारतीय सर्वोच्च अदालतले बिहीबार उनले विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनुपर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत लाइभ आएर उनले भने, ‘प्रजातन्त्रको सबैले अनुसरण गर्नुपर्छ, हामी सर्वोच्चको आदेश मान्छौँ ।’ ठाकरेले आफूले महाराष्ट्र विधान परिषद्को सदस्य पनि त्यागेको बताएका छन् । ठाकरे शिवसेनाका नेता हुन् ।