अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ७ गते।
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ।