सशस्त्र प्रहरीको ठुलो सफलता ,ट्रक सहित लागुऔषध गाजा बरामद

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,साउन ७ गते।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो मात्रामा लागु औषध सहित ट्रक बरामद गरेको छ । १ सय ५० किलोग्राम लागु औषध गाजा बोकेको ट्रक भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।

बिशेष सुचना पाउना साथ सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध गाजा सहित ट्रक बरामद गरेको छ । डिआईजी गणेश ठाडा मगरको ठाडो आदेशले खटिएको स्कवाड टोलीले लागु औषध गाजा, ट्रक, चालक सहित भारतीय गाजा तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बा ५ ख ८०७५ नम्बरको ट्रकमा लागु औषध गाजा लोड गरी भारततर्फ गइरहेको बिशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भइएको डिआईजी गणेश ठाडा मगरले बताउनुभयो ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउपालिका वडा नम्बर ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा नम्बर ११ भरवलिया निवासी श्याम महतोलाई लागु औषध गाजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रवार करिब १० बजेको समयमा बरामद भएको लागुऔषध गाजा सहित ट्रक तथा चालक सहित लागुऔषध तस्करलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *