पर्साबाट लागु औषध चरेशको ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिला पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,भदौ ३० गते।

पर्साबाट लागु औषध चरेशको ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा छन् ।

कल्पना र कवितामायाको साथबाट १३ किलो ८ सय ग्राम चरेश फेला परेको र रीता पनि सोही समूहको भएकोले पक्राउ गरिएको दावी प्रहरीको छ ।

कल्पनाको साथबाट ८ किलो ६ सय ९० ग्राम कवितामायाको साथबाट ५ किलो १ सय १० ग्राम गरी १३ किलो ८ सय ग्राम लागु औषध चरेश फेला परेको प्रहरीको भनाई छ ।

बुधबार साँझ साढे ७ बजे पर्सागढी नगरपालिका–२ बागवानाबाट उनीहरुलाई प्रहरीले पक्रेको थियो ।

पक्राउ परेका उनीहरुमाथि लागु औषधविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *