आज थपिए १२६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५० हजार ७९९ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।

आज पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ७९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८४ हजार ९७७ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *