अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ९ गते।
पितृपक्षको विधिवत् रुपमा आज समापन हुँदैछ ।
असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ ।
देशभरका विभिन्न तीर्थहरुमा सोह्रश्राद्धको अन्तिम दिन आज औँसी नै तिथि भएका, छुटेका र रोकिएका पितृहरुको श्राद्ध गरिँदैछ ।
धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् ।
दशैँ, तिहार र छठजस्ता महान् चाडबाडअघि पितृहरूलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराका कर्मकाण्डका ज्ञाता बताउँछन् ।