सरकार र डा. गोविन्द केसी बीच १० बुँदे सहमति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ९ गते।

डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो । १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । शनिबार डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन्।

सेती अस्पतालले उनको स्वास्थ्य समस्या बढ्दै गएको बताएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *