अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १८ गते।
जनकपुरको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली करिब १४ हजार ९ सय ४१ बोकाबली प्रदान गरिएको छ।
यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो । सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरू भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।
बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा (अचानो) राखिएको थियो । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलिप्रदान भएको थियो ।