अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १८ गते।
जनकपुरको कदम चौंकमा भिषण आगलागी भएको छ । जनकपुरधामको कदम चौक स्थित ओम अटो मोटर पार्ट्समा आगलागी भएको छ।
आगलागि सोमबार राती करिब ११:४५ मिनेटबाट सुरु भएको आगलागी पछि त्यहाँ जनकपुरनगरपलिकाको दमकल सहित ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रण लिन पुगेका थिए ।
आगोले ठुलो रुप लिएपछि करिब ५ घन्टाको लामो प्रयास पछि आगो नियन्त्रणमा लिईएको थियो। आगोबाट पसलमा रहेको स्पेयेर पार्ट्स, मोबिल, टायर, ट्युब, प्लास्टिक पाईप, ईनभटरको ब्याट्री ,ग्यास सिलिन्डर विस्फोटको आवाजले स्थानीय कदम बासीबीच भागाभाग भएको थियो ।
स्थानीय कदम बासीका अनुसार १ जना पूर्ण रूपले जलेको छ, भने थप २ जना घाईते भएको छ, घाईतेहरुलाई थप उपचारका लागि अस्पताल पुर्याईएको छ। आगलागीकोके कारणले भएको छ अहिले सम्म एकिन भइसकेको जनाएको छैन ।