अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज १८ गते।
नक्कली नेपाली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी ग्राम पँचायत भासर मछहा वडा न. ०८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाको नरहा गाउँपालिका ५ मा रहेको किशोरी ट्रेडस किराना पसलमा चुरोट खरिद गर्ने क्रममा नक्कली नेपाली एक हजारको नोट दिएपछि पक्राउ परेका हुन्।
पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको मो.रेजाउल्लाहको सङ्गबाट ३१ थान नयाँ नेपाली एक हजारको नोट, चाँदीका सिक्री, ब्रासलेट र औँठी एक-एक थान र मोबाइल एक थान बरामद गरिएको एसपी तिमिल्सिनाले बताएका छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।