कालीकोट जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २२ गते।

कालीकोट जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको जीप तिलागुफा-५ खल्लागाड पुल नजिकैबाट खोलामा खस्दा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको हो । घटनामा जीपमा सवार अन्य ७ जना पनि घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *