आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २२ गते।

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ ।

बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।

बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।

बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए । ग्रहणका बेला जप, स्नान,ध्यान,पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *