अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २१ गते।
प्रधानमन्त्री शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेको स्रोतको भनाइ छ।
देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।