आज थपिए ४ सय ३५ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख २६ हजार ३८५पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २१ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ सय ३५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २६ हजार ३८५पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १३ हजार १७६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *