अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २१ गते।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्।प्रधानमन्त्री नरेन्द्र मोदी आज पन्जाब राज्यमा गएका थिए। तर आन्दोलनमा उत्रिएका किसानले उनलाई अवरोध गरेको हो ।
मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे।
मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए।मोदीको सवारी १५-२० मिनेट त्यहाँ रोकियो तर बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किए।
पन्जाबका किसानले मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन वटा कानुनको चर्को विरोध र आन्दोलन गरेका थिए। उनीहरूले नै आज मोदीको बाटो रोकेका हुन्।भारतको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको भन्दै घटनाको विस्तृत विवरण मागेको छ।