आज देशभर एमालेको जिल्ला अधिवेशन हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २३ गते।  

आज देशभर एमालेको जिल्ला अधिवेशन हुँदै छ ।

हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो ।

स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्नेछन् ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ । केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुनेछन् ।

काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ ।

एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लामा केही दिनदेखि नै खटिएका छन् ।

यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *